Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंक र आगन्तुक रिर्सोटबीच सम्झौता, डेबिट कार्ड र मोबाईल बैंकिङबाट भुक्तानी गर्दा २३ प्रतिशतसम्मको छुट पाईने

अर्थ सरोकार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र आगन्तुक रिर्सोटबीच सम्झौता भएको छ । बैंकले पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको हो ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउन सकिने भएको छ । साथै ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट सम्बन्धि सम्झौता गरेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK