×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

Artha Sarokar

१ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सर्लाही । ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम थापा तथा ईश्वरपुर नगरपालिका-६, बयलबासका ३४ वर्षीय मझर अन्सारी रहेको बयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । तीन अभियुक्तमध्ये कार्कीविरुद्ध जिल्ला अदालत सर्लाहीले चार ठगी मुद्दामा ५४ लाख ३४ हजार ८५० र ३८ पैसा बिगो जरिवाना तोकेको छ । कार्की १४ वर्षअघि सुनसरीको एक सहकारीमा ठगी गरेर फरार भएका थिए ।

अर्का अभियुक्त थापाविरुद्ध दुई ठगी मुद्दा दर्ता भएका छन् । थापालाई अदालतले १६ लाख ३१ हजार ४५४ र ४४ पैसा बिगो जरिवानासहित एक वर्ष छ महिना कैद सजाय तोकेको थियो । त्यसैगरी वन मुद्दाका अभियुक्त अन्सारीविरुद्ध ८९ हजार ६३८ बिगो जरिवाना माग भएको छ । तीनै अभियुक्तलाई गाउँमा लुकेर बसिरहेका अवस्थामा पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी