काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफुलाई सेयर बजारबारे धेरै नबोल्नु भनेर सिकाइएको बताएका छन् । शुक्रबार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को सपथ ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सिएहरुसँग आफुले धेरै कुरा सिक्न चाहेको बताउँदै उनले सिएहरुलाई अर्थतन्त्रको खम्बाको रुपमा चित्रित गरेका छन् । यद्यपी उनलाई सेयर बजारबारे गरिएको ब्रिफिङ भने कस्तो रहेछ भन्ने बुझ्न कार्यक्रममा उनले दिएको भनाई नै काफी छ ।
‘यो हावा भरिएको मूल्यबारे तपाईंको धारणा के हो ?’ कार्यक्रममा सेयर बजारमा सेयरहरुको मूल्य बढेकोबारे इंकित गरी तीतो प्रतिक्रिया दिंदै उनले भने- ‘यो हावा खुस्कियो भने के हुन्छ ?’ यद्यपी उनले आफु नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि धेरै कुरा सिक्न चाहेको बताएका छन् । ‘यो हावा भरिएको मूल्यबारे तपाईंको धारणा के हो ? म यसबारे बुझ्न चाहान्छु ।’ उनले कार्यक्रममा भनेका छन् ।
बजेट बनाउने सिष्टम नै गलत रहेको बताउंदै उनले आफुले बनाएको बजेटलाई पनि उनले बचाउको प्रयास गरेका छन् । ‘मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको पनि छैन । राजश्वको लक्ष बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेको हो । अध्यादेश बजेट खासै चलाइएको छैन । तैपनि केही न केही सम्बोधन गरौं भनेर हेर्दा, हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो भेटियो, योजना बनाउने प्रचलन हेर्दा कहालीलाग्दो अवस्था पाँए । देशलाई कति सडक चाहिने हो ? कुन सडक कति लेनको हुनुपर्नेहो ? यसको कुनै मानक पालना भएको पाइएन । जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने गरेको पाइयो । सबै मन्त्रालयका सचिवहरुलााई बोलाएर मैले सोधें पुँजीगत बजेट किन खर्च भएन ? सचिवहरुले भन्नुभयो कि चाहिने ठाउँमा बजेट छैन नचाहिने ठाँउमा हालेको बजेट कसरी खर्च गर्ने ? यस्तो रहेछ बजेटको अवस्था ।’ कार्यक्रममा उनले भने
देश बनाउन आफैंले नदिएको रहेछ भन्ने बुझेको बताउँदै उनले अरुले देश बनाउन दिएनन् भन्ने कुरा गलत रहेको बताएका छन् । ‘अरुले हाम्रो देश बनाउन दिएनन् भन्थे त्यो कुरा सत्य होइन रहेनछ । हामी आफैले नबनाएको रहेछ । । तर म त्यो प्रचलन तोड्नेछु । स्वदेशमै उद्योग धन्दा खुल्ने वातावरण बनाउछु । यसको लागि पििन इमान्दारिता नै प्रमुख कुरा हुँदो रहेछ । भित्रैदेखिको इमान्दारिता चाहिनेरहेछ । देश बनाउने इमान्दारिता । इमान्दार छैन भने बाहिरबाट उठेका प्रश्नहरुको सामना गर्न सकिँदैन । मसँग त्यो आँट छ । म हरेक प्रश्नहरुको सामना गर्न तयार छु किनकि मैले इमान्दारितापूर्वक देश बनाउने कुरा गरेको छु ।’ उनले भने । हेर्नुहोस् भिडियो:
यसअघि शीर्षकमा ‘यसबारे मलाई धेरै नबोल्नु भनेर सिकाइएको छ, यो हावा भरिएको मूल्यबारे सिएहरुको धारणाचाहिं के हो ?’ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ। -सम्पादक
ya
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्