Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : राजमार्गभर खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्यो, विदेशबाट फर्किएर तरकारी खेतीमा रम्दै युवा

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा खाल्डाखुल्डी सडकले दुर्घटनाको जोखिम बढाएकोदेखि एक दशक वैदेशिक रोजगारमा बसेर गाउँ फर्किएका रामपुर नगरपालिका–४ का युवा दिलबहादुर थापाले तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेकोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा खाल्डाखुल्डी सडक । राजमार्गको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ भने सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ ।

रामपुर नगरपालिका–४ का युवा दिलबहादुर थापाले व्यावसायिक रुपमा गर्नुभएको तरकारीखेती । एक दशक वैदेशिक रोजगारमा बसेर गाउँ फर्कनुभएका थापाले अहिले तरकारीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा बेनी सडकको मालढुङ्गा खण्डमा सडक फराकिलो पारिँदै । बेनी–जोमसोम–कोरला सडक आयोजनाले १३ किलोमिटर सडकलाई दुई लेनको बनाउन लागेको हो ।

बागलुङको बलेवा र पर्वतको कुश्मा जोड्ने विश्वकै दोस्रो अग्लो बञ्जीपुलमा बञ्जी गर्दै आन्तरिक पर्यटक ।

दि क्लिप प्रालिले पर्वत र बागलुङका बीचमा बग्ने कालीगण्डकी नदीमाथि निर्माण गरेको बन्जी पुलसँगै रहेको गुलेली पिङमा रमाउँदै आन्तरिक पर्यटक ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकी नदीले बगाएर ल्याएको बालुवा निकाल्दै मजदुर । मालढुङ्गाका सुकुम्वासी बालुवा बेचेर गुजारा चलाउँदै आएका छन् ।

सुर्कालबाट देहिमाडौँ जाँदै गर्दा सोमबार देहिमाडौँ नजिकै दुर्घटना भएको भे १ च १११६ नम्बरको बोलेरो जीप । जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

मेलम्ची नगरपालिका वडा नं ६ न्वार खोलामा साउन १६ गते आएको बाढीले कटान गरेर अवरुद्ध भएको सडकको निर्माण कार्य हुँदै सडक निमार्ण भएपछि मेलम्ची –हेलम्बु आवतजावतमा सहजता हुनेछ ।

पोखरा– १७ स्थित फेवाफाँटको वरिपरि घर खाली जमिनमा देखिएको धानको हरियाली सुन्दरता ।

भेरी नगरपालिका–१ पिपेमा लगाएको हरियाली धानखेती । यस क्षेत्रमा वर्षमा तीन बाली उत्पादन हुन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK