×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमानविरुद्ध हितेन्द्र देव शाक्यले हालेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कुलमानविरुद्ध हितेन्द्र देव शाक्यले हालेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

Artha Sarokar

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा परेको छ । आज मंगलबार सर्वोच्च अदालतले तोकेको पेसी सूचीमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिट निवेदन प्रधानन्यायाधीश राणाको इजलासमा राखिएको हो ।
शाक्यले आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्ति गैरकानुनी रहेको भन्दै बदरको माग गरेका छन् । यसअघि भएको सुनुवाइमा इजलासले दुवैको नियुक्ति सम्बन्धी आवश्यक दस्तावेजहरू झिकाएको थियो । शाक्यले कुलमानको नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी