×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात व्यवस्था विभाग र मन्त्रालयको आर्थिक चलखेलमा नयाँ ट्याक्सीको दर्ता रोकियो, जनता चर्को भाडा तिर्न बाध्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यातायात व्यवस्था विभाग र मन्त्रालयको आर्थिक चलखेलमा नयाँ ट्याक्सीको दर्ता रोकियो, जनता चर्को भाडा तिर्न बाध्य !

Artha Sarokar

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

अनुसा थापा । महाराजगंजको टिचिङ अस्पतालको अगाडि तिन वटा ट्याक्सी पाकिङ गरेको थियो । एकजना महिलाले पुरुषलाई दोहोर्याउन्दै ट्याक्सीको अगाडिसम्म ल्याइन् । अधैबैंसे उमेरका ती पुरुष अस्पतालबाट भर्खरै डिस्चार्ज भएका रहेछन् । उनी आफ्नो कोठा जानको लागि ट्याक्सीको खोजीमा भौतातिरहेका थिए । चितवन घर बताउने श्याम कार्की हाल नारायणथानमा कोठा लिएर बस्नु हुँदो रहेछ । अस्पताल अगाडि पार्किङ गरेको ट्याक्सीलाई उनले भाइ नारायणथान जाने हो भनेर सोध्नुभयो । उहाँले मिटरमा नारायणथानसम्म लगिदिन्छौँ भनेर पुन: प्रश्न  गर्नुभयो ।
तर ट्याक्सी चालक मानेनन् । बिरामीलाई उभिन पनि गाह्रो भइरहेको थियो तर त्यस ट्याक्सी चालकलाई केही फरक परेन । ट्याक्सीको चालकसंग उनको श्रीमतीले धेरै बेर मिटरमा जानको लागि मोलमोलाइ गरिरहिन् । एउटाले त मानेन तर अरु पनि मिटरमा उनलाई नारानथान छोड्न मानेनन् । यो दिउँसो करिब ३ बजेको कुरा हो ।
उनको श्रीमतीले पटक पटक दिउँसै छ फर्किदा यात्रु पाइहाल्नुहुन्छ भनेर प्रस्ताव राखिन् । तैपनि ति ट्याक्सी चालक मानेनन् । अहिले फर्किदा यात्रु पाइएन भने खाली फर्किनुपर्छ । त्यस ट्याक्सीका ट्याक्सी चालकको भनाइ हो यो ।
एउटाले हजार माग्छ अर्कोले आठ सय । तर मिटरमा जान कोही पनि मान्दैनन् । टिचिङ अस्पतालबाट नारानथानको औसत दृरी करिब ५ किलोमिटर होला । अन्नत उनीहरु माइक्रोबस कुरेर नारानथान जान बाध्य भए ।
त्यस्तै चाबहिलको ओम अस्पताल अगाडि एकजना दाइको पनि ट्याक्सी चालकसंग मोलमोलाइको काम जारी थियो । ओम अस्पतालबाट कपनको रामहिटी गएको भाँडा ट्याक्सी चालकले भने अनुसार सात सय रुपिँया हो । चाबहिल र कपनको औसत डुरी चार किलोमिटर छ । यी त ट्याक्सीबाट आजित भएका केही पात्र मात्र हुन् । दिनहुँजसो कति सर्वसाधारणलाई ट्याक्सीले दिक्क बनाएको छ । ट्याक्सीले मच्चाएको लुटबारे ट्राफिक प्रहरीमा उजुरी गर्न खोज्यो भने आफ्नो ड्यटीमा ट्रफिक प्रहर देखिदैनन् । ट्रफिक प्रहरीलाई यसबारे खबर भएपनि बेखबर जस्तै भएर बसेका छन् ।
यातायात व्यवसायीहरुले नयाँ ट्याक्सीको दर्ता खोले सडकमा उत्रिने चेतावनी सरकारलाई दिएका छन् । सबै सेवासुविधा सम्पन्न गाडी चाहिए त आफ्नै निजी गाडी किन्नुपर्ने यातायात व्यवसायीहरुको भनाइ छ । साथै यातायात क्षेत्रको सरकार नै हामी हौ भन्दै यातायात व्यवसायीहरु दाबी गर्छन् । सरकारको यातायात क्षेत्रमा लगानी छैन भन्दै यातायात व्यवसायीहरुले दादागिरी देखाएको प्रस्टै देखिन्छ । आफ्नो निजी सम्पत्ति हो भन्दै यातायात व्यवसायीले आफ्नो मनोमानी चलाएका छन् ।
ट्याक्सी चढ्ने बित्तिकै यात्रुले १४ रुपैयाँ तिर्नुपर्छ । सरकारले तोकेअनुसार ट्याक्सीको एक किलोमिटरको भाँडादर ३९ रुपैयाँ छ । एक किलोमिटर यात्रा गर्दा यात्रुले ५३ रुपैयाँ तिर्नुपर्छ । सरकारी रेटमा ट्याक्सीले यात्रु गन्तव्यमा पुर्यायो भने प्रत्येक किमि ५३ तिरे पुग्छ । तर ट्याक्सी सरकारी रेटमा त के मिटरमा हिड्न नि मान्दैन । मिटर ट्याक्सी सेवा पालिकको अध्यक्ष हरिकष्ण बस्नेतलाई नयाँ ट्याक्सीको विषयमा केही कुरा बुझ्न खोज्दा उहाँले सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्यो भने ट्याक्सीको मुल्य र दैनिक कमाइ घट्ने भएकाले उहाँले ट्याक्सीको दर्ता खोल्न नदिएको बताउनुभएको छ ।
सार्वजनिक यातायात केन्द्रिय महासंघको महासचिव भरत नेपाललाई नयाँ ट्याक्सीको दर्ता केलाइ नखोलेको भनेर सोध्दा नयाँ गाडी बेच्ने कम्पनीले यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयमा कमिशन नदिएको कारण नयाँ ट्याक्सीको फाइल अड्काएको बताउनुभयो । आर्थिक चलखेल नमिलेर नयाँ ट्याक्सीको फाइल अड्केको हो भनेर यातायात व्यवस्था विभागको एकजना कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिनुभएको छ । अहिले सञ्चालनमा रहेका ट्याक्सी मिटरजडित कालोप्लेटको ट्याक्सीले यात्रुहरुलाई सेवासुविधा दिएका छैनन् । ट्याक्सी मिटरमा हिड्दैन् । भएको ट्याक्सी पनि पुराना, थोत्रा र कबाडी भइसकेका छन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्ने भनेको फाइल पनि आठ महिनाअघि देखि मन्त्रालयको दराजमा थन्किएको छ ।
सरकारले खोल्ने भनेको लक्जरियरस नयाँ ट्याक्सीको दर्ता यातायात व्यवसायी र यातायात मन्त्रालय, विभागको कमिशनको खेलमा नखुल्ने छाटकाट देखिरहेको छ । नयाँ ट्याक्सीको दर्ता खोल्ने कसले हो ? पहिला सुरु यसमै सरकारका केही निकायहरु अलमलमा परेका छन् । यातायात मन्त्रालय यातायात व्यवस्था विभाग देखाउछ । यातायात व्यवस्था विभाग यातायात मन्त्रालय तिर औला तेर्स्याउछ । यी दृई सरकारी निकायहरुको हानाथापले बिचमा जनता पिल्सिरहेका छन् । विभाग र मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिसकेको जस्तो देखिन्छ । यसको फाइदा ट्याक्सी व्यवसायीलाई भइरहेको छ । नयाँ ट्याक्सीको दर्ता कहिले खोल्ने हो बारे उत्तर दिन प्रदेश सरकार, यातायात मन्त्रालय र विभाग तयार छैन् । यसो गर्दा सिन्डिकेट कायम रहने भो भनेर धेरै जनगुनासोहरु आइरहेको छ । नयाँ ट्याक्सीको दर्ता नखोल्दा यात्रुले थुप्रै कठिनाइको सामना गर्नुपरेको छ ।
यातायात व्यवसायीहरुले चाहिएको नै सिन्डिकेट हो । आर्थिक लेनदेन र राजनितिक पहुँचको कारणले पनि ट्याक्सीमा भएको सिन्डिकेट कायमै रहेको हो । सबै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता बन्द छ । उपत्यकाभन्दा बाहिरी जिल्लाका सर्वसाधारणले मर्दा र पर्दा पनि ट्याक्सीको प्रयोग गर्न पाएका छैन् । ट्याक्सीको परमिट उपत्यकामा मात्र छ । उपत्यका बाहिर ट्याक्सीको परमिट् छैन् । दृर्गम जिल्लाका नागरिकहरुले बिरामी हुँदा पनि ट्याक्सी पाएका छैनन् । यसको दोष कसलाई दिने ? यातायात व्यवस्था विभाग यसको दोष लिन तयार छैन् । यातायात मन्त्रालय सृनिरहेको छ तर नसुने जसो गरेर बसेको छ । सरकारले जनताको लागि भन्दा पनि यातायात व्यवसायको लागि मात्र काम गरेको जनता नै बताउँछन् । सरकारले ट्याक्सी व्यवसायीको हितमा मात्र काम पनि गरेको सर्वसाधारणहरुको भनाइ छ ।
ट्याक्सीमा विगत २९ वर्षदेखि सिन्डिकेट कायमै छ । उपत्यकाबाहिर ट्याक्सीको रोड परमिट छैन् । उपत्यकाबाट बाहिर बस्ने सर्वसाधारणले भनेको बेलामा ट्याक्सी पाएको छैनन् । ट्याक्सीको नयाँ दर्ता खोल्नको लागि सरकारले कुनै ट्याक्सीमा वर्षौदेखि एकाधिकार चलिआएको छ । जनताको करबाट निर्माण भएको बाटोमा ट्याक्सीले मनोमानी चलाउदै आएको छ । तैपनि सरकार वर्षौदेखि मौनधारण गरेर बसेको छ । सेवासुविधाको नाममा जनता ठगिएका छन् । गरिब जनता मर्न लागेपनि उनीहरु ट्याक्सी चढ्न सक्दैनन् ।
किनभने अहिलेको ट्याक्सीको भाडा सरकारले गरिब जनताले पनि प्रयोग गर्न पाऊन् भनेर निर्धारण गरेको जस्तो देखिंदैनन् । जनताले ट्याक्सी ब्यवसायीले भनेजत्ति पैसा तिरेर पनि राम्रो सेवासुविधा पाएको छैनन् । तिन जना मोटामोटा मान्छे ट्याक्सीमा अट्दैन् । सलाईको बट्टाजस्तो आकारभएको ट्याक्सीमा खृ्टा पसार्ने ठाँउसमेत छैन् ।
ट्याक्सी चालकहरु मिटरमा यात्रु बोक्दैनन् । सरकारलाई पनि नयाँ ट्याक्सीको दर्ता खोल्न दिंदैनन् । र जनतालाई सस्तोमा सेवा दिने तयार छैनन् । यदि ट्याक्सी व्यवसायीले जनताको मन पनि जित्न सक्ने हो भने यस्तो स्थिति नै आउदैनन् । अनि कहाँ हट्यो त सिन्डिकेट ।
खृला प्रतिस्पर्धाबाट नयाँ व्यवसाय आउन पनि नदिन यातायात व्यवसायीले मरिहत्ते गरेका छन् । जहिलेपनि सरकारसंग विभिन्न माग राखेर जनता ठग्ने काम गरेको छन् । ट्याक्सी व्यवसायी कहिले नसुध्रिने भए एकजना यात्रुको भनाइ हो यो । ट्याक्स व्यवसायीलाई ठाँउमा ल्याउनलाई यिनीहरुको विरोधमा आवाज उठाउनैपर्छ उनले भने । साथै उनले ट्याक्सी चढेको यात्रुले ट्याक्सी भित्रबाट ट्याक्सीको ठगिबारे आवाज उठाउनैपर्छ । अनि मात्र जनताले सस्तोमा सेवासुविधा पाउछन् । राजनितिक पार्टीहरुको झोला बोकेर नेता बन्दै हिडेका छन् उनले थप भने ।
एउटा ट्याक्सी व्यवसायीसंग महासंघका नेताहरुले एकमहिनाको ५०० लेबी उठाउने गरेको एकजना ट्याक्सी चालकले नाम नबताउने सर्तमा भन्नुभयो । उनको भनाइअनुसार उपत्यकामा जम्मा ९ हजार ट्याक्सी छ । त्योपनि नँया पृराना सबै जोडेर । एउटा ट्याक्सीबाट ५०० उठाउदा महिनाको कति लेबी उठ्छ । यसरी लेबी उठाएको पैसाबाट यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय र ट्रफिक महाशाखालाई चटाउने गरेको उनले भने । त्यही भएर त मिटरमा यात्रु नबोक्ने यातायात व्यवसायीलाई ट्रफिकले छुट दिएको छ । तर यसको घाटा भने राज्य र जनतालाई भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी