×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: भिष्मराज ढुंगानामाथि छानविन गर्न बनेको समितिको अनुसन्धान सकियो…अर्थमन्त्रीसामु प्रतिवेदन पेस, अब के होला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अन्तत: भिष्मराज ढुंगानामाथि छानविन गर्न बनेको समितिको अनुसन्धान सकियो…अर्थमन्त्रीसामु प्रतिवेदन पेस, अब के होला ?

Artha Sarokar

५ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि छानविन गर्न बनेको छानविन समितिले सरकारलाई प्रतिवेदन पेस गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित सो समितिले अथमन्त्री जनार्दन शर्मालाई आज बुधबार प्रतिवेदन पेस गरेको हो ।
समितिले सो सम्बन्धमा कार्यविधी बनाई लिखित धारणा, बयान र आवश्यक कागजातको आधारमा प्रतिवेदन तयार गरी अर्थमन्त्रीलाई पेस गरेको हो । यस्तै समग्र पूँजीबजार सुधारको लागि आगामी दिन चाल्नुपर्ने कदमका विषयमासमेत प्रतिवेदन उल्लेख गरिएको छ ।
ढुंगानाले व्यक्तिगत स्वार्थका कारण आफ्नी छोरीका नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको, भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्ड हित र पूँजीबजार हित विपरित हुने गरी पदीय आचरण विपरित काम कारबाही गरेको भन्दै सो सम्बन्धमा छानविन गर्न सरकारले पूर्व ध्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल र कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहने गरी ३ सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी