Skip to content
LAXMI SUNRISE BANK

परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त, शीतल निवासमा दिउँसो १ बजे पद तथा गोपनियताको शपथ ग्रहण

अर्थ सरोकार

काठमाडौं । परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । बुधबार बिहान कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा दिउँसो १ बजे मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् ।
आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK