काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । छत्रकोट गाउपालिका-४ का ३९ वर्षीय तुल्सिराम कँडेललाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिन नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट साउदी रियाल ५० हजार, दुबई दिराम ३८० र नेपाली रुपैयाँ १६ हजार ४ सय रुपैयाँ बरामद गरेको छ । यस्तै सोहि गाउँपालिकाका ३८ वर्षीय केशवराज कँडेललाई पनि अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थान कक्ष बाहिरपट्टिको एरियाबाट पक्राउ गरेको छ ।
उनीहरुमाथि आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।