रौतहट । प्रहरीले ४० किलो चाँदीसहित रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मलंगवा नगरपालिका-२ का ३५ वर्षीय बिध्यानन्द साह सोनारलाई पक्राउ गरेको हो ।
मंगलबार बिहान ७:३० बजे गौर नगरपालिका वडा-४ गौर बसपार्कमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले उनलाई पक्राउ हो ।
उनको साथबाट ३९ लाख ४४ हजार मूल्य बराबरको ४० केजी चाँदी बरामद गरेको छ । उनीमाथि आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।