काठमाडाैँ । आज बुधबारदेखि मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे सेयर दोस्रो बजारमा कारोबारमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १८६ रूपैयाँ ५० पैसामा भएकाे छ ।
नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९५ रुपैयाँ ७५ पैसादेखि अधिकतम २८७ रुपैयाँ २५ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । मंगलबार कम्पनीकाे ३६ लाख ८१ हजार ४ सय ३० कित्ता आईपीओ धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे ।