काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बढाएको ब्याजदर संसोधन गर्न निर्देशन दिएसँगै सेयर बजारले सुधारको बाटो समातेको छ । बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको एकिकृत निर्देशन नम्बर १५ को बर्खिलापमा मनपरी ब्याजदर निर्धारण गरेपछि राष्ट्र बैंकले मंगलबार संसोधन गर्न निर्देशन दिएको हो ।
विभिन्न विषयका कारण सेयर बजार प्रवाहित भईरहेका बेला बैंकहरुले पनि मनपरी ब्याजदर तोकी नयाँ ब्याजदर सार्वजनिक गर्ने लहरनै चलेको थियो । जसले पनि बजारलाई प्रभाव पारेको थियो । प्रकाशित गरेको नयाँ ब्याजदर धमाधम संशोधन गर्न थालेपछि सेयर बजारमा बुधबारबाट बढोत्तरी आएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि बुधबार केहि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेको सूचना प्रकाशित गरेका छन् । गरिमा विकास बैंक, मञ्जुश्री फाइनान्स, सिटिजन बैंक, मुक्तिनाथ विकास बैंक, प्रोग्रेसिभ फाइनान्सलगायतले असोज महिनादेखि लागू हुनेगरी बढेको ब्याजदर फिर्ता गरेका छन् ।
ती बैंकहरुले पछिल्लो पटक प्रकाशित गरेका सूचना भुलबस सार्वजानिक भएको भन्दै पुरानै ब्याजदर लागु हुने बताएका छन् । अन्य बैंकहरु पनि ब्याजदर संसोधन गर्ने तयारीमा छन् । निरन्तर घटिरहेको बजार बुधबार भने हरियालीमय छ उदास बनेका लगानीकर्ताहरु उत्साहित भएका छन् । दिउँसो १ बजे ३५ मिनेट जाँदा नेप्सेमा ८० अंक बढीको सुधार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्