काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो सुखद ४ वर्ष पुरा गरी ५ औँ वर्षमा प्रवेश गरेको हो । २०७४ असोज ६ गते जीवन बीमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी नेपालको जीवन बीमा व्यवसायमा छोटो अवधिमै अग्रणी बीमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ ।
कम्पनीले हाल २० वटा शाखा कार्यालयमार्फत जीवन बीमाको सेवा सुविधा प्रदान गर्दै आइरहेको छ भने १३ वटा जीवन बीमा पोलिसी बिक्री गर्दै आइरहेको छ । यस्तै जीवन बीमा कोष २ अर्ब ३९ करोड रुपैयाँ पुर्याउन सफल भएको छ भने जगेडा कोषमा पनि ३४ करोड १७ लाख रुपैयाँ जम्मा गरेको छ ।
हालसम्म ४ अर्ब ३९ करोड रुपैयाँ भन्दा धेरै कुल बीमा शुल्क आर्जन गरिसकेको छ । करिव एक लाख ५६ हजार वटा बीमा पोलिसी जारी गरिसकेको छ । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको सन नेपालले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर जारी गर्ने तयारी गरेको छ ।