ताप्लेजुङ । सिरीजङ्घा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा फार्मेसी सेवा सुरुवात गरिएको छ । गाउँपालिकाको सहयोगमा फार्मेसी सेवा सुरु भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ भन्ने अभियानको कार्यान्वयनस्वरुप गाउँपालिकाले फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापन गरेको थियो । केन्द्रमा फार्मेसी नहुँदा बिरामी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो । स्थानीयस्तरमै उपलब्ध चिकित्सकले सिफारिस गरेका औषधि मोफसलबाट खरिद गर्नुपर्दा सेवाग्राहीले समस्या भोग्दै आएका थिए ।
फार्मेसीको आवश्यकता देखिएकाले करारमा प्राविधिक जनशक्तिको व्यवस्थापन गरी औषधि खरिदका लागिसमेत बजेट दिएर फार्मेसी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार उक्त फार्मेसीबाट अब निःशुल्क बाहेकका औषधि सुपथ मूल्यमा पाउन सकिनेछ । यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई समेत यसले सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्