काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको असोज १६ गते विशेष साधारणसभा हुने भएको छ । उक्त सभाले कम्पनीको युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गर्ने भएको छ छ । सभामा घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर अनुपातमा मर्जर हुने प्रस्ताव पेश हुनेछ ।
यता घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने भएपछि २०७७ कात्तिक २३ गते देखि घोडीघोडाको सेयर कारोबार रोक्का गरिएको छ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन । अब एकीकृत कारोबारपछि घोडीघोडा लघुवित्तको नामबाट सेयर कारोबार खुला हुनेछ । यी दुई कम्पनीहरुबीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सहमतिमा हस्ताक्षर भएको थियो ।