×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको ‘के.एस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा, घरमै बसी खोल्न सकिने

PRIME CA

कामना सेवा विकास बैंकको ‘के.एस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा, घरमै बसी खोल्न सकिने

८ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस.डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु Upload  गरी ‘KS Digi’ Wallet  खोल्न सकिने छ ।

हिजो एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरेका छन् । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने  Artificial Intelligence (AI) को प्रयोग भएको छ । साथै Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैंकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैकंले आफूलाई Digital Banking सेवाहरुमा अब्वल बैंकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: