×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौँडा सिमेन्टको मूल्य घट्यो, निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हेटौँडा सिमेन्टको मूल्य घट्यो, निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्ने उद्देश्य

Artha Sarokar

१० आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वाग्मती । गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा ४७ घटाएर ७०० दुई रुपैयामा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।

यसअघि प्रतिबोरा ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएकोे छ । अब मासिक रुपमा बजारको माग र उत्पादनको आधारमा निजी क्षेत्रका उद्योगले निर्धारण गरेको मूल्यसँग प्रतिस्पर्धा गर्नेगरी मूल्य तोकिने बताइएको छ ।

हेटौँडामा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ७०० सय र शिबम् सिमेन्ट उद्योगले ओपिसी सिमेन्ट प्रतिबोरा ६८० कायम गरी बिक्री गर्दै आएका छन् । यस उद्योग गत र अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकी घाटामा परेको महाप्रबन्धक सिंहको भनाइ थियो । प्राप्त जानकारी अनुसार यस उद्योगलाई आर्थिक वर्ष २०७६/७७ मा २४ करोड र २०७५/७६ मा १६ करोड घाटा परेको थियो । लामो समयदेखि उद्योगको उपकरण जीर्ण भएर पटक–पटक बिग्रिनाका साथै विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण लक्ष्यअनुसार उत्पादन र बिक्री गर्न नसकिएको उद्योगका प्राविधिकको भनाइ छ । -रासस

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी