×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्व लक्षित गरेर सहुलियत मूल्यको चामल बिक्री सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

चाडपर्व लक्षित गरेर सहुलियत मूल्यको चामल बिक्री सुरु

Artha Sarokar

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ । कार्यालयले नौ हजार क्विन्टल चामल सहुलियत मूल्यमा बिक्रीका लागि राखेको कार्यालयमा प्रमुख देवेन्द्र राईले बताउनुभयो । कार्यालयबाट दैनिक १२/१५ जनाले मात्र खरिद गर्ने गरेको उहाँले जानकारी दिनुभयो । हालसम्म २३ क्विन्टल चालम बिक्री भइसकेको छ । उहाँका अनुसार सरकारले यसपटक चामलमा प्रतिकेजी रु पाँच अर्थात आठ प्रतिशत मात्र छुट दिएको छ । कोभिड–१९ का कारण जिल्लामा गरिएको निषेधाज्ञा अवधिभर कार्यालयले २० प्रतिशत छुटमा चामल बिक्री गरेको थियो । सो समयमा दैनिक २०० भन्दा बढी चामल किन्न आउनेको भीड नियन्त्रण गर्न कुपन लागू गर्नुपरेको थियो ।
उहाँले कार्यालयले सोना मन्सुली, बासमती र स्टिम जिरा मसिनो चामल सहुलियत मूल्यमा बिक्री गरिरहेको बताउनुभयो । चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक/एक बोरा खरिद गर्न सक्ने तर एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने उहाँको भनाइ छ । कार्यालय प्रमुख राईले बासमती चामलको बजार मूल्य प्रतिकेजी रु १०६, स्टिम जिरा मसिनोको रु ६५ रहेकामा कार्यालयले प्रतिकेजीमा रु पाँच छुट दिएर बिक्री गरिरहेको बताउनुभयो । “चाडपर्व आउन अझै निकै दिन बाँकी छ”, उहाँले भन्नुभयो, “मानिसले पैसा जोहो गर्दै हुनुहुन्छ होला । थोरै भए पनि सहुलियत छ, आइहाल्नुहुन्छ नि !”
असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री शुरु गरिएको चामल कात्तिक २४ गतेसम्म बिक्री हुने जनाइएको छ । कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ पठाइने उहाँको भनाइ छ । सरकारले उपभोक्तालाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्रीका लागि अनुमति दिए पनि कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी