×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: आकाशमा २ घण्टा फन्को मारेको बुद्ध एयरको जहाजले त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गर्यो, भएको के थियो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अन्तत: आकाशमा २ घण्टा फन्को मारेको बुद्ध एयरको जहाजले त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गर्यो, भएको के थियो ?

Artha Sarokar

११ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएको छ । विराटनगरमा अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ घण्टापछि सुरक्षित अवतरण गरेको हो ।
सबै उपाय अपनाउँदा पनि रनवेमा पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो । र सो विमानले काठमाडौँको आकाशमा २ घण्टासम्म फन्को मारेको थियो । सोपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।
८ बजेर ३३ मिनेटमा ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु लिएर विमान विराटनगर उडेको थियो । अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको गराएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २१ मिनेटमा सुरक्षित रुपले सो जहाज सकुसल अवतरण गरेको हो । जहाज करिव २ घण्टा ५ मिनेट फन्को मारेका थिए ।
यता नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी