दाङ । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि ५५ लाख बजेट बिनियोजन गरिएको छ । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जनाइएको छ ।
वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट बिनियोजन गरेको उनले बताए । विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट बिनियोजन हुन सकेको थिएन । बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन ।
विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ । यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्