काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १२ हजार ७५१ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । संस्थापक सेयरधनी धर्मकला थपलियाले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेकी हुन् । यसमा सानिमाकै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यसमा भाउ भने तोकिएको छैन ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।