काठमाडौं । सिभिल मलले दशैँ तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा गरेको छ । जस अन्तगर्त टिभिएस अपाचे आरटिआर १६० २भी बाइक, एलजि र सिजिका इलेक्ट्रोनिक आइटम, ट्राभल प्याकेज र गिफ्ट भौचरहरु रहेका छन् । मलले एक हजार रुपैयाँ वा सो भन्दा बढि रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरि विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।
मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक पाउने सिभिल मलका मोर्कटिङ म्यानेजर अमिर ठकुरीले बताए । त्यस्तै हरेक साता एक जनालाई ग्यापु डटकमको तर्फबाट १० हजार रुपैयाँको नगद भौचर प्रदान गरिने ठकुरीले बताए । असोज १२ देखि मङ्सिर ४ सम्म चल्ने अफरमा एक्सलट्रिप नेपालको तर्फबाट हरेक साता एक जोडीलाई कल्चर रिसोर्टमा २ रात ३ दिनको बसाइ सहित पोखरा राउन्ड ट्रिपको पनि व्यवस्था रहेको छ । सिभिल मलमा सामान्न किन्ने उपभोक्ताले ७० प्रतिशतसम्म छुट पाउनेछन् ।
त्यस्तै सिभिल मलको सामाजिक संजालमा फलो गरेर पनि टिभिएस स्कुटर जित्न सकिनेछ । सिभिल मलको फेसबुक पेज लाइक, इन्स्टाग्राम फलो र युट्युब सस्ब्सक्राइब गर्ने मद्ये एक जनाले टिभिएस एनटिओआरक्यु स्कुटर जित्न सकिने ठकुरीले बताए । मलले एक हजार रुपैयाँ वा सो भन्दा माथीको खरिदमा उपभोक्तालाई कुपन दिनेछन् । लक्की ड्रको बिजेतालाई सिभिल मलले सम्पर्क गर्नेछ । उपभोक्ताले सिभिलमलकै सुचना पाटी तथा फेसबुक पेजबाट हेर्न सकिनेछ ।
सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर र छुट्टै नियम पनि तयार गरेर मल सञ्चालनमा ल्याएको हो । ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । मल प्रवेश अगावै सेनिटाइजर लगाएर र तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न गराइ रहेको मलले जनाएको छ । त्यस्तै हरेक दिन मल खुल्नु अघि र मल बन्द भए पछि डिसइन्फेक्ट समेत गर्दै आएको छ । मलले सामाजिक दूरी कायम गर्नरगराउन विभिन्न ठाउँमा मार्क र सेनिटाइजर समेत राखिएको छ ।