सप्तरीको विष्णुपुर गाउँपालिका–६ का महिला जितिया पर्वका अवसरमा बुधबार जिमुतवाहन भगवानको पूजा गर्न जाँदै ।
शुक्लाफाँटा नगरपालिका– ३ स्थित जोनापुरका स्थानीय बासिन्दा दशैँ आउन अगाबै घर लिपपोत गर्दै ।
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको सुरुङभित्र काम गर्दै मजदुर । आयोजनाको काम तीव्रगतिमा अगाडि बढिरहेको छ ।
कृष्णपुर नगरपालिका–२ मछेली नदी छेउमा झोपडी बनाएर बसेका बाढीपीडित परिवार । नदीले बस्दै आएको क्षेत्र कटान गरी बगाएपछि दातृ निकायको सहयोगमा पुनः झोपडी निर्माण गरी बस्ने व्यवस्था गरिएको छ ।
सप्तरीको हनुमाननगर–राजविराज सडकखण्ड अन्तर्गत मङ्सापुरमा खाल्टाखुल्टी परेको सडक । सडक खाल्टाखुल्टीका कारण सवारी साधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा समस्या भएको छ ।
घोराही उपमहानगरपालिका–१८, मसिना गाउँका किसानले व्यावसायिक रुपमा गरेको गोलभेंडाखेती । पछिल्लो समय यहाँका किसान गोलभेंडा खेतीतर्फ आकर्षित भएका छन् ।
बाढीले मेलम्ची बजार आउने पक्की पुल र सडकमा क्षति पुगेपछि झोलुंगे पुल हुँदै बिरामी बोकेर अस्पताल लैजाँदै मेलम्ची-८ का स्थानिय ।