काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ बाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश बीमा समितिले स्वीकृत दिएको हो । कम्पनीले चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
समितिले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन पनि स्वीकृत गरेको छ । लेखापरीक्षण प्रतिवदेन स्वीकृत भएसँगै साधारणसभा गर्ने बाटो खुला भएको छ । समितिले कम्पनीको वित्तीय विवरणमा केहि कैफियत भेटाएपछि लेखापरीक्षण प्रतिवदेन स्वीकृत हुन समय लागेको हो । यसै क्रममा कम्पनीले १ प्रतिशत नगद लाभांश पनि घटाउनु परेको थियो । नगद लाभांश घटाउनु परे पनि बोनस सेयरलाई भने यथावत राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्