×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा चयन

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन भएका छन् । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा वीरेन्द्र अधिकारी, दामोदर ढकाल, गणेश रिमाल, अर्जुनलाल प्रधान, हरिभक्त श्रेष्ठ, धनबहादुर गुरुङ, तेञ्जिङ शेर्पा र रामकृष्ण तिमल्सिना चयन भएका छन् । यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना चयन भएका छन् भने उपमहासचिवमा नवराज गौली र केशव धिताल, सचिवमा सुमन न्यौपाने, प्रदीप पण्डित, विष्णु बराकोटी, अच्युत गुरुङ, तिलक लोहनी र उत्तम कार्की चयन भएका छन् ।

कोषाध्यक्षमा नवराज थापा र सहकोषाध्यक्षमा सुनिल सिलवाल निर्वाचित भएका छन् । कार्यक्रममा नेता न्यौपानेले कोरोना महामारीका कारण तहसनहस भएको पर्यटनलाई पुनःउत्थान गर्नका लागि नयाँ गठन भएको सङ्गठनले महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन क्षेत्रको विकासले देशको विकासमा टेवा पु¥याउने उनको भनाइ थियो । नवनियुक्त अध्यक्ष थापाले पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि व्यवसायी सँगसँगै सरकारको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी