काठमाडौँ । साहस उर्जा लिमिटेडको आइपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओको आज शुक्रबार प्रि–अलटमेन्टको काम सकिने जनाएको छ । क्यापिटलले आगामी आइतबारआफ्नै कार्यालयमा साहस उर्जाको आईपीओ बाँडफाँड गर्ने जनाएको हो ।
यस कम्पनीले गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो । यो आईपीओमा २४ लाख ६४ हजारभन्दा बढी आवेदन दिएका थिए । यस आधारमा ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको थियो।
मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ भने भाग्यमानी ६ लाख ४४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् । कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्