काठमाडौं । हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट अम्बिकाप्रसाद पौडेल र हेमराज ढकालले बाहिरिने निर्णय गरेका छन् । कम्पनीको शुक्रबार भएको साधारणसभाबाट पौडेल र ढकालले बाहिरिने निर्णय गरेका हुन् ।
पौडेल कम्पनीको प्रवन्ध निर्देशकको जिम्मेवारीबाट भने २ वर्ष अघि नै बहिरिएका थिए । ढकाल र पौडेलसँगै हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट उत्तमकुमार नेपालपनि बाहिरिएका छन् । यता आजको साधारणसभाले योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा चयन गरेको छ ।
अम्बिका शर्मा लामिछाने र सुरज श्रेष्ठमात्र हाथवेमा अहिले सञ्चालक थिए । बाँकी सञ्चालक नयाँ हुन् । कम्पनीले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने सेयर जारी गर्ने निर्णय गरेको छ भने गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ ।