
काठमाडौं । काठमाडौंको ठूलोभर्याङस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर रकम चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको महादेवस्थान गाँउपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक रहेका छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका-२ ठूलोभर्याङस्थित उक्त बैंकको एटीएम फोड्दै गरेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।
विष्टका अनुसार उनको साथबाट एटीएम मेसिन फोड्न प्रयोग गरिएका १ थान पाइप रेन्ची, १ थान हथौडा र १ थान पिलास बरामद भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्