काठमाडौंं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आजको अंकमा हामीले बागलुङको बेलवामा सञ्चालित ‘दि क्लिफ’ रिसोर्ट परिसरमा पिङ खेलेर रमाउँदै गरेका आन्तरिक पर्यटकदेखी, मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङमा च्याङग्राको ऊन संकलन गर्दै गरेका किसानसम्मका तस्विरलाई फोटोमा समेटेका छौं । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
हेरौं फोटो समाचार
बागलुङको बेलवामा सञ्चालित ‘दि क्लिफ’ रिसोर्ट परिसरमा पिङ खेलेर रमाउँदै आन्तरिक पर्यटक मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको चराङमा संकलन गरिएको च्याङग्राको ऊन ।
बेनी –दरबाङ सडक खण्डअन्तर्गत मालिका गाउँपालिका–६ नजिकै झरेको पहिरोका कारण सडक बगाएपछि जोखिमपूर्ण तवरले सवारी वारपार गराइँदै ।
हुलाकी राजमार्गमा सप्तरीको बिरोलस्थित खाँडो नदीमा निर्माणाधीन पक्की पुल । यहाँ पुल बनेपछि सदरमुकाम राजविराज आवतजावतमा सहज भएको छ ।
आठबीसकोट नगरपालिका च्यामिरकोट रुकुम पश्चिमबाट बिरामीलाई ४ घण्टा बोकेर जाजरकोट भेरी नगरपालिका-१ स्थित रिम्ना मेडिकलमा उपचारका लागि ल्याइँदै गरेका बिरामी । गाउँमा स्वास्थ्य संस्था नहुँदा बोकेर टाढाको स्वास्थ्य चौकीमा उपचकारका लागि लानुपरेको छ ।
पोखराबाट आइतबार बिहान देखिएको सुन्दर अन्नपूर्ण हिमशृङ्खला । बर्खा सकिएसँगै खुलेका हिमालले पर्यटकलाई लोभ्याउने गरेको छ ।
जुम्लाको तातोपानी गाउँपालिका-५ का कृषक कोदो टिप्दै ।