×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११ जना सीडीओहरुको सरुवा, कसलाई कहाँको जिम्मेवारीमा पठाईयो ? (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

११ जना सीडीओहरुको सरुवा, कसलाई कहाँको जिम्मेवारीमा पठाईयो ? (सूचीसहित)

Artha Sarokar

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले ११ जना प्रमखु जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो । गृहका अनुसार इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेल्धुरामा पठाएको छ भने डडेल्धुरामा कार्यरत हरि प्रसाद घिमिरेलाई सिंहदरवारमा तानिएको छ ।
यस्तै गृह मन्त्रालयमा कार्यरत सह-सचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरिएको छ भने जय नारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाइएको छ । यता कास्कीका सीडीओ थानेश्वर गौतमलाई गृह मन्त्रालयमा ल्‍याइएको छ भने त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रमुख अध्‍यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको सीडीओ बनाएर पठाइएको छ ।
साथै गृहका अनुसार लमजुङका सीडीओ होमप्रसाद लुईँटेल र रसुवाका सीडीओ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्‍याइएको छ । डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोम बहादुर महत, मनाङमा रविन्द्र प्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनुज कुमार घिमिरेलाई सीडीओ बनाएर पठाइएको छ । यस्तै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौंको जेलर बनाएर पठाईएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी