काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ बिक्री गर्ने भएको छ । संस्थाले २ लाख २९ हजार ६४९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो । संस्थाले एफपीओ जारी गर्न एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।