×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोलुङ्ग हाइड्रोपावरद्वारा १२औं वार्षिक साधारणसभा कात्तिक १२ गते आह्वान, यस्ता छन् पेस गरिने प्रस्ताव

PRIME CA

मोलुङ्ग हाइड्रोपावरद्वारा १२औं वार्षिक साधारणसभा कात्तिक १२ गते आह्वान, यस्ता छन् पेस गरिने प्रस्ताव

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १२औं वार्षिक साधारणसभा कात्तिक १२ गते बोलाएको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौंमा बिहान ११ बजे सुरु गर्ने  निर्णय गरेको हो  ।
सभामा आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण (२०७७ साल श्रावण १ गतेदेखि २०७८ साल आषाढ मसान्तसम्मको नाफा र नोक्सान हिसाब, वासलात, सोही अवधिको नगद प्रवाह विवरण) स्वीकृत गर्ने प्रस्ताव पेस गरिने भएको छ । यस्तै सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: