मुग्लिन । जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिइएको छ । कोभिड-१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी ९नारा० को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजगार प्रदान गरिएको हो ।
७ देखि १० दिनसम्मको रोजगार प्रदान गरिएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले जानकारीदिनुभयो । विशेष गरी त्रिशूली, कर्णाली, र भोटेकोसी नदी सरसफाइ तथा पहुँच मार्ग मर्मतका लागि सो रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । अहिले ती नदी किनार सरसफाइ तथा नदीको पहुँचमार्ग मर्मतको काममा उनीहरु संलग्न रहेका छन् ।
उहाँले भन्नुभयो, “विगत दुई वर्षदेखि कोभिड-१९ का कारण पर्यटन उद्योग ठप्प हुदाँ यहाँ कार्यरत रिभर गाइड, ट्रेकिङ गाइड, होटल मजदुर समस्यामा परेका छन्, मजदूर डुङ्गा चलाउन विभिन्न देश जाने पाएका छैनन् । उनीहरुलाई चाडपर्वको बेला केही राहत प्रदान गर्न रोजगारका कार्यक्रम सञ्चालन गरिएको हो ।” रिभरगाइड विकास गुरुङले चाडपर्वका समयमा केही काम पाउँदा थोरै भए पनि राहत मिलेका जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्