- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार अर्थात असर १ गते सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने १० रुपैंयाँले घटेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९ हजार ९०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।