×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खाद्य उद्योगको ४८औं वार्षिक साधारणसभा कात्तिक १६ गते, १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खाद्य उद्योगको ४८औं वार्षिक साधारणसभा कात्तिक १६ गते, १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खाद्य उद्योग लिमिटेडले आफ्नो ४८औं वार्षिक साधारणसभा कात्तिक १६ गते गर्ने जनाएको छ  । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा साल्ट ट्रेडिङ कर्पोरेशनको केन्द्रीय कार्यालयको सभाहल कालिमाटीमा दिउँसो १ बजे सुरु गर्ने निर्णय गरेको हो ।
कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जनाएको छ  । सभा सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेस गरिने भएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक अनुमोदन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी