Skip to content
LAXMI SUNRISE BANK

ग्राहकलाई केवाइसी अद्यावधिक गर्न माछापुच्छ्रे बैंकको आग्रह

अर्थ सरोकार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई केवाइसी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले विभिन्न मितिमा यसबारे सार्वजनिक सूचना प्रकाशित गरिएकोमा केही ग्राहकले हालसम्म अद्यावधिक नगरेकोले ग्राहकलाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा नियमावली तथा नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिकाले बमोजिम सबै ग्राहकले ग्राहक पहिचान विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्ने व्यवस्था गरेकोले बैंकले सबै ग्राहकलाई यस्तो आग्रह गरेको हो ।

त्यस्तै बैंकले दोहोरो खाता बन्द गर्न र एक भन्दा बढी डेविट कार्ड भए एउटालाई रद्द गराउन समेत आग्रह गरेको छ । अन्यथा त्यस किसिमका खाता तथा डेविट कार्ड स्वतः निष्कृय भई रोक्का राखिने बैंकले सोही सुचनामा उल्लेख गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK