×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा १०.५२% लाभांश घोषणा, सेयरधनीले १०% बोनसका साथमा कर तिर्न पनि पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा १०.५२% लाभांश घोषणा, सेयरधनीले १०% बोनसका साथमा कर तिर्न पनि पाउने

Artha Sarokar

२० आश्विन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत दिने निर्णय गरेको हो ।

बैंकले २७ करोड ३६ लाख ९७ हजार २४२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ नगद वितरण गर्नेछ । बैंकले अघिल्लो वर्ष कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकले घोषणा गरेको उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताहरुले पाउने भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी