काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको उक्त आइपीओ असोज २२ गते शुक्रबार बाँडफाँट हुने भएको हो । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार शुक्रबार बाँडफाँट गरिने तय भएको हो । बिक्री प्रबन्धकका अनुसार यसको प्री-अलोटमेन्ट असोज २० गते गरिनेछ ।
कम्पनीको आइपीओमा २१ लाख ४२ हजार जना आवेदकबाट २ करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ३६.१८ गुणा बढी हो ।कम्पनीले असोज ११ गतेबाट प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ४० हजार कित्ता सामुहिक लगानी कोष र १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणको लागि छुट्याइएको थियो ।
उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गरेको छ ।रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।