काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दशै धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन । नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम रु ३००/- सम्म क्यासब्याक पाउन सक्नेछन । यो अफर घटस्थापनाको दिन लागु हुनेछ । त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम रु १५०० सम्म क्यासब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ ।
दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम रु ५०० रुपैयाँसम्म पाउन सक्नेछन । यस अफर मार्फत नबिल बैंकले आ नो ग्राहकवर्गहरुमा दशैंको उपलक्ष्यमा नयाँ हर्ष ल्याउन खोजेको छ । यस अफरको लाभ लिनको लागि नबिल बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहकहरुले डेबिट र क्रेडिट कार्डमार्फत क्यास ब्याकको अफर लिन ढुक्क हुन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम्सेवाको सुुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकि विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।