Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा नयाँ रेकर्ड कायम, १७.३१ अंकले बढेर बजार २३३२.३१ बिन्दुमा पुग्दा लगानीकर्ता थप उत्साहित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक आइतबारको तुलनामा १७.३१ अंकले बढेर २३३२.३१ बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । पछिल्लो समय सेयर बजार लगातार बढेपछि लगानीकर्ता थप उत्साहित देखिएका छन् । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ३१ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । बैंकको ३३ करोड ४६ लाख ९४ हजार ७९८ रुपैयाँको सेयर किनबेच भएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK