×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोअर इर्खुवा हाइड्रोपावरले आयोजना प्रभावितका लागि आइपीओ बिक्री गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त

PRIME CA

लोअर इर्खुवा हाइड्रोपावरले आयोजना प्रभावितका लागि आइपीओ बिक्री गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नियुक्त

२१ आश्विन २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावरले १४ लाख कित्त आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजीमध्ये १०% अर्थात् ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयबासिन्दा र २०% अर्थात् १४ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
यस्तै इर्खुवा हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच आइपीओ निष्कासन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदी र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिचन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल उक्त कम्पनीको अधिकृत पूँजी ९० करोड, जारी पूँजी ७० करोड र चुक्ता पूँजी ४९ करोड रहेको छ । आइपीओ निष्कासनपश्चात यस कम्पनीको पूँजी ७० करोड पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: