काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड आज बिहान १०:३० बजे निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडकाे कार्यालयमा सम्पन्न भएकाे हाे ।
मागभन्दा धेरै आवेदन परेकाले आईपीओ गाेलाप्रथामार्फत बाँडफाँड गरिएकाे बिक्री प्रबन्धकले जनाएको छ । जसअनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका छन् भने बाँकीको १९ लाख ५६ हजार ५ सय ५५ जनाकाे भने हात खाली भएकाे छ ।
यस आइपीओमा २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र याेग्य आवेदक थिए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे ।
आइपिओको रिजल्ट केहिसमयपछि ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, सिभिल क्यापिटलकाे वेभसाइट (https://www.civilcapitalmarket.com/) , बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट (https://buddhabhumihydro.com/) र मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्