×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ महिनापछि देउवाले गरे मन्त्रिपरिषद् विस्तार, यी हुन् नयाँ मन्त्रीहरु…(सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

३ महिनापछि देउवाले गरे मन्त्रिपरिषद् विस्तार, यी हुन् नयाँ मन्त्रीहरु…(सूचीसहित)

Artha Sarokar

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले आज शुक्रबार सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
सत्ता गठबन्धनमा रहेका कांग्रेसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)ले मन्त्री बन्नेको सूची देउवाले राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् । मन्त्री बनेकाहरूको आज नै अपरान्ह ४ बजे शपथको कार्यक्रम तय भएको छ ।
यता मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।
साथै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी