×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ लाख ६२ हजार १८० जनाले भरे मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ, असोज २५ गतेसम्म आवेदन दिन पाइने 

PRIME CA

१५ लाख ६२ हजार १८० जनाले भरे मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ, असोज २५ गतेसम्म आवेदन दिन पाइने 

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा हालसम्म १५ लाख ६२ हजार १८० जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो ३.३० बजेसम्ममा कम्पनीको आइपीओमा १५ लाख ६२ हजार १८० जना आवेदकबाट २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.८८ गुणा बढी हो ।
कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: