Skip to content
LAXMI SUNRISE BANK

कर्णालीमा पनि उपभोग्य वस्तुको अत्याधिक मूल्य वृद्धि, अनुगमन हुँदा पनि उपभोक्ता मारमै

अर्थ सरोकार

कर्णाली । गृहमन्त्रालयका सहसचिव पुष्पराज शाही र उपसचिव फणीन्द्र दाहाल नेतृत्वको अनुगमन टोलीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको अनुगमनलाई जारी राखेको छ । यातायात, सुरक्षा, आपूर्ति, बजार व्यवस्थापनलगायतका सेवामा देखिएका समस्या र भएका अनियमितताबारे जानकारी लिई सेवालाई प्रभावकारी बनाउन अनुगमन थालिएको सहसचिव शाहीले जानकारी दिनुभयो ।
मुगुको अनुगमन सकेर बिहीबार सुर्खेतको पनि सम्पन्न गरेको उहाँले बताउनुभयो । गृहले चाडपर्वका समयमा नागरिकलाई सहज आवतजावत तथा किनमेल गर्ने र सुरक्षाको अनुभूति दिलाउने गरी देशैभरि अनुगमन गर्ने कार्ययोजना अनुरुप सहसचिव शाही र उपसचिव दाहाल कर्णाली कार्यक्षेत्र लिएर आउनुभएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
“हामीले सुर्खेतमा बिहीबार गृहको टोलीसँगै सरोकारवालासँग बसेर चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाई सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायतका सेवालाई सुलभ तथा गुणस्तरीय बनाउन के–कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारेमा छलफल गरेका छौँ”, “उहाँले भन्नुभयो, त्यहीअनुसार सरोकारवाला सबैले आ–आफ्नो दायित्वप पूरा गर्नुपर्ने देखिन्छ ।”
सरोकारवालाले चाडपर्वका अवधिमा दैनिक उपभोग्य वस्तुको अत्याधिक मूल्य वृृद्धिसँगै विभिन्न समस्या देखाउँदै यातायात व्यवसायीले यात्रुसँग मनोमानी भाडा असुल्ने र यातायात क्षेत्रमा अझै सिण्डिकेट हट्न नसकेको गुनासो गृहको टोलीलाई गराएका थिए । अनुगमन टोलीले सम्बन्धित निकायको धारणा लिने र कार्यान्वयनमा जोड दिन दशैं जिल्लामा अनुगमन गर्ने बताएको थियो । प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न आफूहरु प्रत्यनशील रहेको टोलीले जनाएको छ । -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK