नेपालगञ्ज, सुर्खेत–जाजरकोट सडकखण्डभित्र पर्ने सुर्खेतको हर्रेडाडाँमा बिक्रीका लागि राखिएको फलफूल तथा तरकारी पसल ।
मर्दी हिमालको सफल आरोहण गरेका कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का युवा । हिमाल आरोहणको प्रवद्र्धनका लागि उनीहरुले पाँच हजार ५८७ मिटर अग्लो मर्दी हिमालको आरोहण गरेका हुन् ।
जिल्ला अनुगमन समिति यहाँको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा म्याद नाघेका अखाद्य वस्तु बरामद गर्दै ।
जिल्ला अनुगमन समिति यहाँको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा म्याद नाघेका अखाद्य वस्तु बरामद गर्दै ।
महोत्तरीको जलेश्वरमा माता दुर्गा भवानीको पण्डाल सिँगार्नका लागि बुर्जा बनाउँदै कालीगढ ।
दशैँका लागि मुस्ताङबाट बागलुङ ल्याइएका च्याङ्ग्रा । मुस्ताङबाट आठ दिनको यात्रापछि व्यापारी रामबहादुर खत्रीले २५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् ।
गुलाब बेच्न हिँड्नुभएका २० वर्षीय विवेक परियार पोखरा–६ हल्लनचोकको सडक छेउको नालीमा फोहोर देखेपछि सफा गर्दै । सामाजिक कार्यमा रूचि राख्ने उहाँ फूल बेचेको पैसाले दीनदुःखी र असहायलाई खाना खुवाउने गर्नुहुन्छ ।
नेपाल एकीकरणको इतिहास बोकेको प्रसिद्ध धामिर्क तथा पर्यटकीयस्थलको रुपमा चिनिने गोरखा दरबार र दरबार परिसरमा रहेको कालिका मन्दिर तथा गोरखनाथ गुफाको अवलोकन गर्दै विदेशी पर्यटक । विसं २०७२ वैशाख १२ गतेको भुकम्पले क्षति पु¥याएको दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा पर्यटकहले निराश भएर फर्कने गरेका छन् ।
मापदण्डविपरीत तरकारी बिक्री गरेको भन्दै शुक्रबार व्यास नगरपालिका–२ कालिका मार्गमा व्यास नगर प्रहरीले फ्याँकी दिँदा क्षति भएको तरकारी । नगर प्रहरीले फुटपाथमा बसेर फलफूल र तरकारी बिक्रीमा प्रतिबन्ध लगाएको छ ।