×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँमा खसीबोकाको फस्टाउँदो व्यापार : तनहुँमा मात्रै तीन करोड बराबरको खसीबोका बिक्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दशैँमा खसीबोकाको फस्टाउँदो व्यापार : तनहुँमा मात्रै तीन करोड बराबरको खसीबोका बिक्री

Artha Sarokar

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

दमौली । दसैँका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँको खसीबोका बिक्री भएका हुन् । दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले दुई करोड ७९ लाख ८९ हजार २४५ मा कृषकसँग खसीबोका खरिद गरी दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँमा बिक्री गरेका छन् ।
घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले २० लाख ६५ हजार चार सय ५९ को खसी बिक्री गरेको अध्यक्ष शारदा आलेले जानकारी दिइन् । सहकारीमार्फत् १५२ खसी बिक्री भएका छन् । घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत् ४३ लाख ९५ हजार ३०० रुपैयाँको खसी बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेले ३०९ वटा खसी बिक्री भएको जानकारी दिइन् ।
घिरिङ गाउँपालिका–४ माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत ५० लाख ३९ हजार ६२४ रुपैयाँ खसी बिक्री भएको अध्यक्ष सङ्गीता रानाले बताइन् । उक्त सहकारीमार्फत ३७२ खसी बिक्री भएको छ ।
भिमाद नगरपालिका–२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत आठ लाख ७९ हजार ३९० रुपैयाँको खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ५६ खसी बिक्री भएको अध्यक्ष सीताकुमारी तिमिल्सिनाले बताइन् । भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६३ लाख एक हजार ६४९ को खसी बिक्री भएको अध्यक्ष देवी मुक्तान आलेले बताइन् । सहकारीमार्फत ३२५ खसी बिक्री भएको छ ।
शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत पाँच लाख चार हजार ४९५ को खसी बिक्री भएको छ । उक्त सहकारीमार्फत ३६ खसी बिक्री भएको अध्यक्ष नेत्रकुमारी वंशीले बताइन् ।
व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीमार्फत २२ लाख ९४ हजार १४६ रुपैयाँको खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक संगीता पौडेलले सहकारीमार्फत १४५ खसी बिक्री भएको जानकारी दिए । व्यास नगरपालिका–१२ स्थित आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत सात लाख ५८ हजार २१० रुपैयाँको खसी बिक्री भएको छ । सहकारी व्यवस्थापक नवीन सुर्खालीका अनुसार सहकारीबाट ५० वटा खसी बिक्री भएको छ ।
सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत ३७ लाख ४२ हजार २९० रुपैयाँको खसी बिक्री भएको छ । सहकारीका व्यवस्थापक सरिता थापाका अनुसार सहकारीबाट २४० खसी बिक्री भएको छ । सुन्दरबजार नगरपालिका–१ स्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत २२ लाख ५५ हजार ५९८ रुपैयाँको खसी बिक्री भएको छ । उक्त सहकारीबाट १३२ खसी बिक्री भएको अध्यक्ष निर्मला कोइरालाले जानकारी दिइन् ।
सहकारीले बजारीकरणमा सहयोग पुर्‍याएपछि बाख्रापालक कृषक पनि खुसी भएका छन् । बाख्रापालनबाट घरखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ । बजारको समस्या नभएपछि गाउँमा बाख्रापालन गर्ने कृषकको सङ्ख्या बढेको र बाख्रापालनबाटै कृषक आत्मनिर्भर बन्न सफल भएको भिमाद नगरपालिका–९ का बाख्रापालक कृषक शिवकुमार आलेले जानकारी दिए ।
बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सुक्ष्म पोषकतत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ ।
हेफरको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रले सञ्चालन गरेको परियोजनामा चार हजारभन्दा बढी कृषक आवद्ध छन् । परियोजनामार्फत बाख्रापालक कृषकलाई पशु स्वास्थ्य शिविर, घाँसको बीउ बेर्ना वितरण, तालीम र बजारीकरणमा सहयोग पुर्‍याउँदै आएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी