×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल इन्भेष्टमेण्ट बैंकिङद्धारा बडा दशैंको उपलक्ष्यमा नवरात्रीमा नबिलसंग नवलगानी योजना सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल इन्भेष्टमेण्ट बैंकिङद्धारा बडा दशैंको उपलक्ष्यमा नवरात्रीमा नबिलसंग नवलगानी योजना सार्वजनिक

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले यही २०७८ सालको बडा दशैंको उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुलाई लक्षित गरी आफुले घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम ९ महिनाको लागि बार्षिक सेवा शुल्क वापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९ प्रतिशत लिईने छ । यस्तो सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाईदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क(Performance Fee) कम्पनीले लगाउनेछ । घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गद्र्रै सेवा ग्राहीलाई बिचैमा रकम झिक्नु पर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरीन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफ्नो फाईदा रकम जुनसुकै वेला बिना कुनै शुल्क झिक्न सक्नेछन् ।

नवरात्रीको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै ९ प्रतिशत देखि ०.९ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नवलगानीकर्ताहरुको लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने देखिन्छ भने विद्यमान लगानीकर्ताहरु तथा विभिन्न व्यवसायमा रहेका व्यवसायीहरु र सेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसक्नु भएको लगानीकर्ताहरुलाई यो सेवा फलदायी हुने जनाएको छ । यस सम्बन्धि अन्य जानकारीको लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंको फोन नम्बर ४४११६०४, ४४११७३३ को एक्टेन्सन नम्बर १११, १४१ मा सम्पर्क गर्न वा इमेल [email protected] मा आफ्नो जिज्ञासा राख्न अनुरोध गरिएको छ ।

हामीलाई आशा एवं विश्वास छ यो सुविधाबाट नेपालको सेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुले यसको पूर्ण फाइदा लिन सक्नेछन् । यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय स्तरको वित्तीय सेवा तथा इन्भेष्टमेण्ट बैंकिङ र मर्चेन्ट बैंकिङ सम्बन्धी सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी