Skip to content
LAXMI SUNRISE BANK

‘विद्युतबाट चल्ने चुलोको व्यवस्था गर्ने गरी तयारी सुरु गरेका छौँ’ : मन्त्री भुसाल

अर्थ सरोकार

काठमाडौँ । ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युतबाट चल्ने चुलोको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताउनुभएको छ । गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले ग्यासको सट्टा विद्युत उपयोग गरी खाना बनाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको बताउनुभएको हो ।
विद्युत महसुल घटाइ सडक बत्तीको व्यवस्था गरिने उहाँको भनाइ थियो । सांसद राजकाजी महर्जनले ढल, बाटोको विकासमा सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय सरकार र अन्य स्रोतबाट समेत सहयोग जुटाएर विकास निर्माणका काम गरिने उहाँको भनाइ थियो ।
नगर प्रमुख गजेन्द्र महर्जनले वेथेगल टोल क्षेत्रमा सडक र ढल व्यवस्थापनका लागि रु आठ लाख बजेट छुट्याइएको जानकारी दिनुभयो । नगरपालिका क्षेत्रको समुचित विकास निर्माणमा लागिपरेको उहाँले बताउनुभयो । वडाध्यक्ष जगतबहादुर महर्जन, समितिका अध्यक्ष निर्मला क्षत्रीलगायतले स्थानीयस्तरको विकास निर्माणमा तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । -रासस
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK