काठमाडौं । दशैंमा अध्यागमन विभागको सेवा दुई दिन मात्र बन्द हुने भएको छ । विभागले एक सूचना प्रकाशित गर्दै असोज २९ र ३० गते मात्रै सेवा बन्द रहने जनाएको हो ।
विभागले २६ असोजबाट शुरु हुने सार्वजनिक बिदाका दिनमासमेत काम सुचारु रहने जनाएको हो । विभागबाट पदयात्रा अनुमति लिएर मात्र विदेशी पर्यटकले पदयात्रामा जान सक्छन् ।
खासगरी निषेधित क्षेत्रमा प्रवेश गर्न विभागको अनुमति चाहिन्छ । अहिले नेपालमा पर्यटकीय सिजन सुरु भएको छ ।